उम्टीटीले सेभियाविरुद्धको खेल गुमाउने

बार्सा नेपाल । बार्सिलोनाले लेगानेसविरुद्ध २–० गोलको जित निकालेर घरेलु लिग ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ५ अंकको दूरी कायम राखेको छ । बार्सिलोनाको लागि ४२ औं मिनेटमा आन्सु फाटी तथा ६९ औं मिनेटमा लियोनल मेसीले गोल गरेर तीन अंक जोडेका हुन् ।

तर, बार्सिलोनाको लागि अन्तिम १३ मिनेट कठिन रह्यो । लिगको पुच्छारमा रहेको लेगानेसले दबाब सृजना गरिरहँदा बार्सिलोनाका खेलाडीहरुले पटक–पटक फाउल गर्न पुगे ।

खेलको ८२ औं मिनेटसम्म बार्सिलोनाका खेलाडीहरुले विपक्षीमाथि गम्भीर ट्याकल गरेका थिएनन् । तर, ८३ औं मिनेटमा डिफेन्डर स्यामुअल उम्टीटीले पहेलो कार्ड पाए । उक्त कार्डसँगै लिगको तेस्रो स्थानमा रहेको सेभियाविरुद्धको खेल उनले गुमाउने भएका छन् । त्यसपछि ८४ औं मिनेटमा २० वर्षीय मिडफिल्डर रिक्वी पुजले तथा क्लिमेन्ट लंगलेटले पनि कार्ड पाए । ८९ औं मिनेटमा लेफ्ट ब्याक जुनियर फिर्पोले र इन्जुरी समयमा इभान राकेटिले पनि पहेलो कार्ड पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here