ला लिगामा मेसीको २१ गोल

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले घरेलु लिग ला लिगामा २१ गोल गरेका छन् । मंगलबार राति सम्पन्न लेगानेसविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गरेसँगै मेसीको गोलसंख्या २१ पुगेको हो ।

लेगानेसविरुद्धको गोलसँगै मेसीले सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका रियल मड्रिडका करिम बेन्जेमासँगको गोलको दूरी बढाएका छन् । बेन्जेमाको जम्म १४ गोल रहेको छ । त्यस्तै, बार्सिलोना कै खेलाडी लुइस स्वारेजको ११ गोल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here