जिदानका प्रिय पात्र भास्क्वेजले कम्तीमा चार खेल गुमाउने

बार्सा नेपाल । स्पेनिस क्लब रियल मड्रिडका विंगर लुकास भास्क्वेज दुई साता मैदान बाहिर रहने भएका छन् । प्रशिक्षण दौरान चोट बोकेपछि भास्क्वेज दुई साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

सामान्य चोटका कारण नै भास्क्वेज रियलले एइवरमाथि ३–१ को जित निकालेको खेलमा पनि अनुपस्थित रहेका थिए । रियल म्याड्रिडका मेडिकल स्टाफले भास्क्वेजमा पिडौलाको चोट रहेको कम्तीमा पनि दुई साता मैदान बाहिर रहने बताएका छन् ।

ला लिगाको व्यस्त तालिकाका कारण उनले कम्तीमा पनि अब चार खेलसम्म गुमाउन सक्नेछन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले टोलीका महत्वपुर्ण सदस्यको रुपमा रहेको २८ वर्षे भास्क्वेजलाई टोलीमा राखेर जोपखम नमोल्ने बताएका छन् ।

रियल म्याड्रिडमै हुर्किएका भास्क्वेज २०१५ देखि रियलको सिनियर टोलीमा रहेका छन् । उनले त्यसअघि एक सिजन लोनमा स्पान्योलमा बिताएका थिए । लगातार चोटसँग जुधिरहेका भास्क्वेजले यो सिजन रियलबाट मात्रै १८ खेल खेल्दै ३ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here