भालभर्देले आइतबार यी १० प्रश्नको उत्तर कसरी देलान् ?

बार्सा नेपाल । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले यतिखेर व्यापक आलोचना खेपिरहेका छन् । बलियो लिभरपुलविरुद्ध स्लो खेल खेलाएर टिमलाई च्याम्पियन्स लिगबाटै आउट गराएको आरोप उनीमाथि लागेको छ ।

उनै भालभर्देले खेल हारेपछि आइतबार विशेष पत्रकार सम्मेलन गर्दैछन् । उक्त पत्रकार सम्मेलन समान्य खालको भने हुनेछैन । किनकी लिभरपुलविरुद्ध पहिलो लेगमा ३–० गोलको अग्रता लिएर पनि दोस्रो लेगमा ४–० गोल कसरी खायो भन्ने प्रश्नको उत्तर उनले दिनुपर्ने हुन्छ ।
उनै भालभर्देमाथि गम्भीर आरोपहरु लागेका छन् । विशेष गरेर उनले यी १० प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ ।

१. के अर्को सिजन पनि बार्सिलोना सम्हाल्न सक्षम हो ?

२. के बोर्डले तिमीलाई राख्ने छ या राख्नेछैन ?

३. के बार्सिलोनाको टिममा ब्यापक परिवर्तन आवश्यक छ ?

४. लिभरपुलविरुद्ध भएको गल्ती के हो ?

५. एनफिल्डमा खेलाडीहरुमा के कुराको कमी भएको हो ?

६. लिभरपुलको चौथौ गोलको बारेमा केही भन्नु छ ?

७. आइतबारको खेलमा बार्सा समर्थकहरुले कसरी तिमीलाई क्याम्प नाउमा स्वागत गर्लान् ?

८. के बार्सिलोना फाइनलमा पुगेको भए स्वारेजको अपरेशन हुनेथियो ?

९. खेल हारेपछि राकेटिच सेभियाको पार्टी जानु जायज हो ?

१०. के डबल ट्रफी जित्दैमा राम्रो सिजन भन्न मिल्छ ?

बार्सिलोनाले डबल उपाधि यसभन्दा अघि आठ पटक जितिसकेको छ । तर, च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाको मुख्य उदेश्य हो । र यसपटक पनि यो उपाधिबाट बार्सिलोना चुकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here