झुर खेलेर कोउटिन्होले बार्सिलोनाको ५.२३ मिलियन बचाए

बार्सा नेपाल । बार्सिलोनाको महँगो तर झुर मिडफिल्डर कोउटिन्होले क्लबको केही मिलियन बचाएका छन् । प्रायः खेलहरुमा नराम्रो खेल प्रदर्शन गरिरहेका उनले आफ्नो पूर्व क्लब लिभरपुलविरुद्ध पनि झुर खेल प्रदर्शन गरे । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएसँगै क्लबले कोउटिन्हो किनेको बोनश रकम लिभरपुललाई तिर्न नपर्ने भएको छ ।

बार्सिलोनालाई लिभरपुलले सेमिफाइनलमा ४–३ गोलले पराजित गरेको थियो । बार्सिलोना प्रतियोगिताबाट आउट भएसँगै इंग्लिस क्लब लिभरपुललाई ५.२३ मिलियन रकम तिर्न नपर्ने भएको छ । कोउटिन्हो किन्दा बार्सिलोना र लिभरपुलबीचको क्लजमा बोनश रकमको कुरा उठाइएको थियो ।

हाल च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले १५ मिलियन युरो पाइसकेको छ । उनी उसले टोटनहमलाई पनि पराजित गरेमा १९ मिलियनभन्दा बढी नगद प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here