च्याम्पियन्स लिगको फाइनल जुन १ मा

बार्सा नेपाल । सन् २००८ पछि दुई इंग्लिस क्लब च्याम्पियन्स लिगको उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलको खेलबाट लिभरपुलले बार्सिलोनालाई तथा टोटनहमले आयाक्सलाई पराजित गरेर फाइनल यात्रा तय गरेका हुन् ।

पहिलो लेगमा ३–० गोलले पछि परेको लिभरपुलले दोस्रो लेगमा ४–० गोलको हार चखाएको थियो । त्यस्तै आयाक्सले अवे गोलको फाइदा लिँदा पनि टोटनहमले उत्कृष्ट कमब्याक गरेर उसैको घरेलु मैदानमा पराजित गरेर समग्रमा ३–३ गोल भएपछि अवे गोलको फाइदा उठाउँदै फाइनल यात्रा तय गरेको हो ।

यसभन्दा अघि सन् २००८ मा मस्कोमा म्यान्चेस्टर युनाइटेड तथा चेल्सीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए ।

अब यी दुईबीचको उपाधि भिडन्त जुन १ मा एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here