पूर्व अध्यक्ष लापोर्ताले बार्सिलोना बोर्डको चुनावको लागि दिए दबाब

बार्सा नेपाल । पूर्व अध्यक्ष जोन लापोर्ताले बार्सिलोना बोर्डको चुनावको लागि दबाब दिएका छन् । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग बार्सिलोनाले अप्रात्यासित हार व्यहोरेपछि लापोर्ताले क्लबको पुनःसंरचनाको लागि चुनाव गर्न दबाब दिएका हुन् ।

लिभरपुलसँगको हारपछि हालको बार्सिलोना बोर्डको आलोचना गर्दै लापोर्ताले यही समयरमा चुनाव गर्न भन्दै त्यसको लागि आफूले पनि उम्मेदवारी दिने बताएका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा एक पोष्ट गर्दै क्लबलाई पुरानो संरचनामा लैजानको लागि तथा हरेक उपाधि दावेदारी प्रस्तुत गर्नको लागि आफू योग्य भएको बताउँदै एक पोष्ट गरेका थिए ।

लापोर्ता सन् २००३ देखि २०१० सम्म बार्सिलोनाका अध्यक्ष भएका थिए । उनले रोनाल्डिनो तथा थियरी हन्रीजस्ता खेलाडीलाई भित्र्याएका थिए भने पेप ग्वार्डिवलालाई पहिलो टिमको प्रशिक्षक समेत बनाएका थिए ।

उनको पालामा बार्सिलोनाले ४ ला लिगा ९ २००४–०५, २००५–०६, २००८–०९ तथा २००९–१०० २ च्याम्पियन्स लिग ९२००६ तथा २००९० १ कोपा डेल रे ९२००९० ३ स्पेनिस सुपर कप ९२००५, २००६ तथा २००९० १ युरोपियन सुपरकप ९२००९० तथा १ क्लब वल्र्ड कप ९२००९०को उपाधि बार्सिलोनाले जितेको थियो ।

उनलाई बार्सिलोनाको सफल अध्यक्षको रुपमा लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here