बार्सिलोनालाई पराजित गर्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

बार्सा नेपाल । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । केहीबेरअघि सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-० गोलले पराजित गरेकोले गर्दै समग्रमा ४-३ गोलले विजयी हुँदै लिभरपुलले फाइनलमा स्थान बनाएको हो ।

बार्सिलोनाविरूद्द लिभरपुलले सातौं मिनेटमा अग्रता लिएको थियो । लिभरपुुलका लागि डिभोक ओरिजीले गोल गरेका थिए । त्यस्तै ५४ अौं तथा ५६ अौं मिनेटमा विल्जालडमले तथा ७९ अौं मिनेटमा ओरिजीले नै गोल गरेपछि बार्सिलोना समग्रमा ४-३ गोलले पछि पर्यो ।

जितसँगैै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि लिभरपुलले आयाक्स वा टोटनहममध्येको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here