MATCH DAY: एनफिल्डमा बार्सिलोना, कस्तो आउला नतिजा ? (म्याच प्रिभ्यू)

बार्सा नेपाल । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग अन्तर्गत आज राति इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब बार्सिलोनाको समाना गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

घरेलु लिग

बार्सिलोना

बार्सिलोनाले स्पेनिस घरेलु लिग ला लिगाको उपाधि जितिसकेको छ । बार्सिलोनाले लिगको तीन खेलअघि नै उपाधि जितेको हो । तर, लिगको ३६ औं खेलमा बार्सिलोना सेल्टासँग पराजित भयो । बार्सिलोनाले ३६ खेलबाट ८३ अंक जाडेको छ ।

लिभरपुल

घरेलु लिग प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले एक खेल खेल्न बाँकी छ । लिभरपुलले बाँकी एक खेल जितेर मात्रै पुग्दैन । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले खेल हार्नुपर्छ ।

जारी च्याम्पियन्स लिगको प्रदर्शन

बार्सिलोना

च्याम्पियन्स लिगको समूह ‘बी’मा रहेको बार्सिलोनाले कुनै पनि खेलमा हार नब्यहोरिकन कूल १४ अंक जोडर समूह विजेता बन्यो । बार्सिलोनाले अन्तिम १६ मा फ्रान्सेली क्लब लियोनलाई समग्रमा ५–१ गोलले पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यसपछि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई समग्रमा ४–० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएर लिभरपुलसँगको भेट पक्का गरेको हो । सेमिफाइनलको पहिलो लेगमा पनि बार्सिलोनाले लिभरपुललाई ३-० गोलले परराजित गरेको थियो ।

लिभरपुल

समूह चरणमा लिभरपुल समूह ‘सी’को उपविजेता बनेको हो । लिभरपुलले अन्तिम १६ मा बार्यन म्युनिखलाई समग्रमा ३–१ गोलले पराजित गरेर क्वाटरफाइनलमा स्थान बनायो । त्यस्तै क्वाटफाइनलमा पोर्तोलाई समग्रमा ६–१ गोलले पराजित गरेर बार्सिलोनासँगको भेट पक्का गरेको हो । सेमिफाइनलको पहिलो लेगमा भने बार्सिलोनासँग लिभरपुल पराजित हुन पुग्यो ।

हेड टु हेड

बार्सिलोना र लिभरपुलबीच भएको पछिल्लो ९ भिडन्तमा बार्सिलोनाले तीन खेलमा जित हासिल गरेको छ भने लिभरपुलले तीन खेलमा तथा तीन खेल बराबरीमा सकिएको छ । उक्त खेलमा बार्सिलोनाले ९ गोल तथा लिभरपुलले ६ गोल गरेका छन् ।

पछिल्लो पाँच खेल

प्लेयर्स टु  वाच

लियोनल मेसी (बार्सिलोना)

बार्सिलोनाका मुख्य हतियार लियोनल मेसी हुन् । मेसीले जारी सिजनको ला लिगामा कूल ३४ गोल गरिसकेका छन् भने १३ एसिस्ट गरेर उच्च एसिस्टकर्ता पनि बनेका छन् । मेसीले जारी च्याम्पियन्स लिगमा कूल १० गोल गरिसकेका छन् ।

त्यस्तै, बार्सिलोनाकै लुइस स्वारेज पनि घरेलु लिगको उच्च गोलकर्ताको सूचीमा छन् । उनले जारी सिजनको घरेलु लिगमा २१ गोल गरिसकेका छन् । मेसी र स्वारेजको जोडी जारी सिजनमा निकै जमेको छ ।

साडियो माने (लिभरपुल)

लिभरपुलका मुख्य खेलाडीहरुमा मोहम्मद सलाहले चोटको कारण खेल गुमाउने भएका छन् । सोही कारण आज गोल गर्ने मुख्य जिम्मेवारी साडियो मानेलाई हुनेछ । त्यस्तै लिभरपुलले रोबर्टो फिर्मिन्हो तथा नाभी केइटालाई पनि चोटको कारण गुमाउनेछ ।

प्रशिक्षक

  • अर्नेष्टो भालभर्दे (बार्सिलोना)
  • युर्गेन क्लोप (लिभरपुल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here