मैले एनफिल्डमा गोल गरें भने सेलिब्रेट गर्दिनः स्वारेज

बार्सा नेपाल । बार्सिलोनाका स्टार लुइस स्वारेजले एनफिल्डमा गोल सेलिब्रेट नगर्ने भएका छन् । मंगलबार राति हुने च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको बारेमा बोल्दै स्वारेजले आफूले एनफिल्डमा गोल गरेको खण्डमा सेलिब्रेट नगर्ने बताएका हुन् ।

सन् २०११ देखि २०१४ सम्म लिभरपुलबाट व्यवसायीक फुटबल खेल्दै आएका स्वारेजको घरेलु मैदान नै एनफिल्ड रहेको भन्दै उनले भने ‘म सबै लिभरपुल फ्यानहरुको इज्जत गर्छु । म लिभरपुलको पूर्व खेलाडी भएकोमा धन्य छु र यदी मैले एनफिल्डमा गोल गरें भने सेलिब्रेट गर्दिन । त्यस्तै, ग्रोनिनगेन तथा आयाक्सविरुद्ध पनि सेलिब्रेट गर्दिन ।’

उनले थपे, ‘धेरै वर्षपछि विशेष खेल हुँदैछ । म लिभरपुलप्रति कृतज्ञ छु उनीहरुले मलाई खेलाडी बनाए । सोहीकारण बार्सिलोनाले मलाई किन्यो । यो मेरो सम्झनामा रइरहन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here