घरेलु लिग जितसिकेको बार्सिलोना सेल्टासँग पराजित

बार्सा नेपाल । घरेलु लिग जितिसकेको बार्सिलोनाले सेल्टा भिगोसँग हार व्यहोरेको छ । शनिबार राति सेल्टाको घरेलु मैदान बालाडोलिसमा सम्पन्न खेलमा बार्सिलोनाले २–० गोलको हार व्यहोरेको हो ।

निकै आक्रामक खेलको पहिलो हाफ गालरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोना सम्हालिन सकेन । खेलको ६७ औं मिनेटमा रायड बाउडेवजको पासमा म्याक्सी गोमेजले गोल गरेर घरेलु टिमलाई अग्रता दिलाए भने ८८ औं मिनेटमा आएगो आसपासको पेनाल्टी गोलले सेल्टाले अग्रता दोब्बर पारे ।

खेलमा बार्सिलोनाका पाँच खेलाडीले पहँलो कार्ड पाए । कार्ड पाउनेमा थोमास भर्माइलिन, स्यामुअल उम्टीटी, जिन क्लेयर तोडिबो, केभिन प्रिन्स बोइटङ तथा आर्थुरो भिडाल रहे ।

प्रशिक्षक अर्नेष्टो भालभर्देले लिभरपुलविरुद्धको खेलको लागि पहिलो रोजाइका खेलाडीहरुलाई आराम दिएका थिए भने दोस्रो रोजाइ र बी टिमका खेलाडीहरुलाई आराम दिइएको थियो ।

लिगमा ३६ खेल सकेको बार्सिलोनाले ८३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७४ अंक छ भने सेल्टाको ४० अंक छ । जितपछि सेल्टा लिगको १४ औं स्थानमा उक्लेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here