मेसीले ४५ वर्षसम्म फुटबल खेल्न सक्छन्ः बार्तोमेउ

बार्सा नेपाल । बार्सिलोनाका अध्यक्षक जोसेप मारिया बार्तोमेउले मेसीले ४५ वर्षसम्म पनि व्यवसायीक फुटबल खेल्नसक्ने बताएका छन् । लिभरपुलविरुद्ध दुई गरेर क्लबको लागि ६०० गोल पूरा गरेपछि द गार्जियनसँग कुरा गर्दै उनले यसो भनेका हुन् ।

उनले भने ‘हामी बुद्धिमान् खेलाडीसँग छौं तर, हामीसँग बुद्धिमान् खेलाडी छन् भन्दा पनि हामी शान्त तरिकाले बसेका छौं । हामीले वर्षौंदेखि मेसीको खेल हेर्दै आएका हौं । हामी उनीसँग बसेका छौं । मलार्इृ थाहा छ उनीसँग विशेष क्षमता तै पनि हाम्रो लागि उनको प्रदर्शन सामान्य भइसक्यो ।’

त्यस्तै लिभरपुलविरुद्ध मेसीको फ्रिकिक गोलको बारेमा सोधिएको प्रश्नमा उनले भथिए ने ‘ उनले फ्रिकिक प्रहार गर्नैलागेका थिए हामीलाई यो गोल हुन्छ । केही क्षणअघि हामीले फ्रिकिक प्रहार गर्ने दूरी उनको लागि एकदमै ठिक छ । यो उनको लागि राम्रो स्थान पनि हो भनिरहेका थियौं ।’

त्यस्तै, बार्तोमेउलाई मेसीको सन्यासबारेको कुरा पनि सोधिएको थियो । यसबारेमा उनले भने ‘हामीलाई थाहा छ, उनले अझै तीन, चार, पाँच र अझै बढी वर्ष खेल्न सक्छन् । यो उनैमा भरपर्ने कुरा हो । उनको सन्यासपछिको लागि पनि हामीसँग डेम्बेले, लंगलेट, आर्थुरजस्ता खेलाडी छन् । ते पनि मलाई के लाग्छ भने उनी ४५ वर्षसम्म पनि खेल्न सक्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here