आउँदा सिजन जाभी रियल बेटिसको प्रशिक्षक !

बार्सा नेपाल । स्पेनिस क्लब रियल बेटिस आउँदो सिजन जाभी हर्नान्डेजलाई प्रशिक्षक बनाउने गरी तयारीमा जुटेको छ । जाभीले व्यवसायीक फुटबलबाट सन्यास लिएसँगै सेभियास्थित बेटिसले जाभीलाई प्रशिक्षक बनाउने गरी कुरा अघि बढाउन लागेको हो ।

जाभीसँग युईएफले प्रदान गर्ने लाइसेन्स रहेको कारणले उनी बेटिसको जिम्मेवारी सम्हाल्न सक्षम रहेकोभन्दै क्लब उनीसँग सम्झौता गर्न आतुर रहेको हो ।

बेटिसका हालका प्रशिक्षक क्विके सेटियनको सम्झौता समरमा सकिँदैछ । सेटियनले बेटिसलाई वान् टच फुटबल खेलाएका छन् । सेटियनले छोडेको बेटिसलाई पूर्व लिजेन्डरी मिडफिल्डर जाभीले अझै राम्ररी उकास्न सक्ने भन्दै उनलाई भित्र्याउन क्लब लागिपरेको हो ।

कतारको अल सादबाट खेलिरहेका जाभीले केहीदिनअघि व्यवसायी खेलाडी जीवनबाट सन्यासको घोषणा गर्ने बताएका थिए । जाभीको सन्यासपछिको प्रशिक्षक जीवनको बारेमा केही समाचार प्रकाशित नभए पनि बेटिसमा बार्सिलानाकै पूर्व डिफेन्डर मार्क बार्टा रहेका छन् । जाभीको सन्यास भनेपछि बार्टाले च्याम्पियन्स लिगको उपाधि सहितको फोटो हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here