MATCH DAY: सेल्टाभिगोविरुद्ध बार्सिलोना

बार्सा नेपाल । स्पेनिस घरेलु लिग ला लिगको उपाधि कब्जा गरिसकेको बार्सिलोनाले आज सेल्टा भिगोसँग खेल्दैछ । बार्सिलोनाले सेल्टाको घरेलु मैदान बालाइडियोसमा आज राति साढे १२ बजे (नेपाली समयअनुसार) लिगको ३६ औं खेल खेल्न लागेको हो ।

बार्सिलोनाले लिगको ३५ खेल सक्दा ८३ अंक जोडेको छ । बार्सिलोनाले २५ खेलमा जित, ८ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर उक्त अंक जोडेको हो । तर, जारी सिजनमा सेल्टा भिगोको प्रदर्शन सन्तोषजनक छैन । सेल्टाले जम्म ३७ अंक जोडेको कारणले अझै रेलिगेशन जोनमा पर्ने खतरा छ । सेल्टाले जारी सिजनमा मात्र ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै, १० खेलमा बराबरी तथा १६ खेलमा हार व्यहोरेको छ ।

बार्सिलोनाले जारी सिजनको पहिलो लेगमा सेल्टाविरुद्ध घरेलु मैदानमा २–० गोलको जित निकालेको थियो । बार्सिलोनाको लागि ओस्माने डेम्बेले तथा लियोनल मेसीले एक–एक गोल गरेका थिए ।

त्यस्तै, जारी सिजनकै कोपा डेल रे अन्तर्गतको खेलमा बार्सिलोनाले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो लेगमा ५–० गोलको शानदार जित निकालेको थियो ।

४ मे २०१९ मा प्रकाशित

> लिभरपुलविरुद्धको खेलको लागि आज बार्सिलोनाका मुख्य खेलाडीलाई आराम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here