लिभरपुलविरुद्धको खेलको लागि आज बार्सिलोनाका मुख्य खेलाडीलाई आराम

बार्सा नेपाल । बार्सिलोनाले लिभरपुलविरुद्ध हुने च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको लागि भन्दै सेल्टाविरुद्धको खेलको लागि मुख्य खेलाडीलाई आराम दिएको छ । बार्सिलोनाले घरेलु लिग ला लिगाको ३६ औं खेल अन्तर्गत आज राति साढे १२ बजे सेल्टा भिगोविरुद्ध उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

घरेलु लिगको उपाधि जितिसकेको बार्सिलोनाले आफ्नो केहीक दोस्रो रोजाइका खेलाडीहरुलाई पनि अवसर दिन सेल्टाविरुद्ध मुख्य खेलाडीहरु लियोनल मेसी, लुइस स्वारेज, टेर स्टेगन, जेरार्ड पिके, सर्जी रोबर्टो, जोर्डी अल्बा, सर्जियो बुस्क्वेट् तथा इभान राकेटिचलाई आराम दिएको हो । प्रशिक्षक अर्नेष्टो भालभर्देले लिभरपुलविरुद्ध स्टार्टिङ लाइनअपमा परेका मध्ये ८ जनालाई आराम दिएका हुन् । जसमध्ये बुस्क्वेट्स र राकेटिच भने प्रतिबन्धमा परेका छन् ।

त्यस्तै बार्सा बीका रिक्वी पुइग, वाग्यू, इनाकी पेना तथा कोलाडो पनि खेलाडी सूचीमा परेका छन् ।

खेलाडी सूची

४ मे २०१९ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here