स्पेन तथा रियलका लिजेण्ड इकर कासिलासले अब फुटबलबाट सन्यास लिनुपर्ने

बार्सा नेपाल । रियल मड्रिड तथा स्पेनका लिजेण्ड इकर क्यासियासले व्यवसायीक फुटबल खेल्न छोड्नुपर्ने भएको छ । पोर्चुगिज क्लब पोर्तोबाट व्यवसायीक फुटबल खेल्दै आएका उनलाई खेल्दाखेल्दै हृदयघात आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

हृदयघात भएपछि उनलाई स्थानीय अस्पतालमा लगेर उपचार गराइएको थियो । हाल उनको अवस्था सामान्य रहे पनि मुटुरोग विशेषज्ञले फुटबल खेल्न नसक्ने बताएको छ । रियल मड्रिडका पूर्व बास्केटबल खेलाडी तथा हालका मुटुरोग विशेषज्ञ जुआन एन्टोनियो कोर्बालानले कासिलासको अवस्था ठिक नभए पनि उनले अब फुटबल खेल्न नसक्ने बताएका छन् ।

त्यस्तै, एएसमा प्रकाशित समाचारमा पनि भनिएको छ ‘इकरले अव साधरण जीवन जिउन सक्छन् तर, अब व्यवसायीक खेललाई भने अघि बढाउन सक्दैनन् ।’

कासिलास सन् १९९८ मा रियल मड्रिडको एकेडेमीमा आबद्ध भएका थिए । सन् १०९९ मा रियल मड्रिडको पहिलो पहिलो टिमबाट खेल्न थालेका उनले सन् २०१५ मा क्लब छोडेर पोर्तातर्फ लागेका थिए । रियल मड्रिडले उनलाई नराम्रो व्यवहार गरेपछि उनले रुँदै क्लब छोडेका थिए ।

त्यस्तै, उनी सन् २००० देखि स्पेनिस राष्ट्रिय टिममा पनि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here