दाईलाई मार्ने धम्की दिँदै मिडफिल्डर आर्थुर मेलोको घरमा चोरी

बार्सा नेपाल । बुधबार राति बार्सिलोनाका मिडफिल्डर आर्थुर मेलोको घरमा चोरी भएको छ । लिभरपुलविरुद्धको लागि क्याम्प नाउ जाँदा उनको घरमा चोरी भएको हो ।

‘एल तकुइगाराफो’मा प्रकशित समाचार अनुसार दुई जना नकआपधारी जसले हुडी लगाएका थिए उनीहरुले नै उनको घर फुटाएर घरमा भएका धनमालको चोरी गरेका हुन् । उनीहरुल गहना तथा अन्य मूल्यवान् वस्तुहरुको चोरी गरेका हुन् ।

चोरहरु झ्यालबाट छिरेर घरभित्र पसेका थिए । भित्र पसेपछि उनीहरुले आर्थुरको दाईको घाँटीमा  धारिलो हयिार राख्दै हल्ला गरे मारिदिने बताएका थिए ।

हाल बार्सिलोनाका प्रहरीले चोरहरुको खोजी गरिरहेको छ ।

आर्थुर भने लिभरपुलविरुद्धको खेलमा बेन्चमा बसेका थिए । उनको सट्टामा प्रशिक्षक अर्नेष्टो भालभर्देले आर्थुरो भिडाललाई खेलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here