
बार्सा नेपाल । कुनै समयका फुटबल स्टार मारियो बालोेटेलीले बार्सिलोनाका कप्तान लियोनल मेसीसँग युभेन्ट्सका जर्सी नम्बर ७ को तुलना नगर्न भनेका छन् । बुधबार राति इन्स्टाग्राममा एक पोष्ट गर्दै बालाटोलीले फुटबललाई माया गर्नेले मेसी र रोनाल्डोबीच तुलना गर्न आवश्यक नरहेको बताएका हुन् ।
हाल फ्रेन्च क्लब मार्सेकामा रहेका बालोटेलीले मेसीसँग युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तुलना हुनै नसक्ने भन्दै लेखेका छनः ‘फुटबललाई माया गर्नेहरुले अब उनीसँग युभेन्ट्सका जर्सी नम्बर सातको तुलना नगरे हुन्छ ।’
बुधबार राति सम्पन्न खेलमा मेसीले लिभरपुलविरुद्ध दुई गोल गरेका थिए ।
बालोटेली इन्टर मिलान, म्यान्चेस्टर सिटी, एसी मिलान तथा लिभरपुलका पूर्व खेलाडी हुन् । उनले पटक क्रिस्टियानो रोनाल्डोविरुद्ध अभिव्यक्ति दिँदै आइरहेका छन् ।