हामी खेलबाट सन्तुष्ट छौं, तर, खेल अझै सकिएको छैनः मेसी

बार्सा नेपाल । बार्सिलोनाका कप्तान लियोनल मेसीले आफूहरु खेलबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनको पहिलो लेगमा लिभरपुलविरुद्ध ३–० गोलको शानदार जित निकालेपछि मेसीले उक्त प्रतिक्रिया दिएका छन् ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा लुइस स्वारेजले एक तथा मेसीले दुई गोल गरेका थिए । मेसीले मुभीस्टारसँग कुरा गर्दै खेलको अन्तिम समयमा ओस्माने डेम्बेलेले मिस गोलको गोलको बारेमा प्रतिक्रिया दिँदै भने ‘त्यो हाम्रो लागि गोल गर्ने अवसर थियो । हामीले तीन भन्दा चार गोल गरेको भए हुने थियो ।’

त्यस्तै लिभरपुलविरुद्धको दोस्रो लेगको बारेमा उनले भने ‘हामीलाई थाहा छ खेल अझै सकिएको छैन । हामी कठिन मैदानमा खेल्न जाँदैछौं । जहाँ समर्थकहरुले हामीलाई दबाबमा राख्नेछन् तर, हामी पहिले लेगको नतिजाबाट सन्तुष्ट छौं ।’

‘हामीले केही समय उनीहरुको शैलीमा खेल्यौं । उनीहरु लयमा खेल्छन् । शारीरीक रुपमा तथा काउन्टरमा पनि राम्रा छन् । पहलिो हाफमा हामी अघि थियौं । तर, नतिजा हाम्रो पक्षमा आएको छ अझै हामीले क्लिन सिट राख्यौं ।’

२ मे २०१८ मा प्रकाशित

रोनाल्डोभन्दा मेसी धेरै अघि

NEXT MATCH: सेल्टा भिगोविरुद्ध बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here