इन्जुरी समयमा भिलारियलविरूद्द बार्साको दुई गोल, यसरी हारबाट जोगियो

बार्सा नेपाल । बार्सिलोनाले भिलनरियलविरूद्द ४-४ गोलको बराबरी खेलेको छ । मंगलबार राति भिलारियलको घरेलु मैदान सेरामिकामा सम्पन्न खेलमा बार्सिलोनाले २-० गोलको अग्रता लिएको भए पनि भिलारियलले शानदार कमब्याक गर्दै खेल ४-२ मा पुर्याएका थिए । तर, इन्जुरी समयमा लियोनल मेसीले फ्रि किक गोल तथा स्वारेजले पनि क्लियर्ड बललाई जाली चुमाएपछि बार्सिलोनाले हार टारेको हो ।

खेलको १२ अौं मिनेटमा बार्सिलोनाका फिलिप कोउटिन्होले तथा १६ अौ मिनेटमा माल्कोमले गोल गरेे तर, त्यसपछि लगातार ४ गोल भिलारियलले गर्यो । तर, इन्जुरी समयमा बार्सिलोनाको लागि मेसी र स्वारेजले गोल गरेपछि नमिठो हार टरेको छ ।

ला लिगामा बार्सिलोनाले ७० अंक जोडेको छ ।दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here