घरेलुु लिगमा बार्सिलोनाको १० अंकको अग्रता

बार्सा नेपाल । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले आइतबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा रियल बेटिसविरुद्ध ह्याट्रिक पूरा गरे । बार्सिलोनाले बेनिटो भिलामरिनमा ४–१ गोलको जित निकाल्दा मेसीले १८ औं मिनेटमा फ्रि–किक, पहिलो हाफको इन्जुरी समयमा स्वारेजको पासमा तथा ८५ औं मिनेटमा लङ्ग रेञ्ज चिप गोल गरे ।

 

मेसीले ह्याट्रिक पूरा गरेपछि बेटिसका समर्थकहरु रंगशालामा उठेर मेसीको गुनगान गाउन थाले ।

 

खेलपछि प्रतिक्रिया दिँदै डिफेन्डर जेरार्ड पिकेले मेसीको तारिफ गरे । उनले भने ‘हामीले जे देख्दै आएका छौं त्यो मेसीले मात्रै गर्दै आएका छन् । उनी विशेष छन् साथै पछिल्लो केही वर्षयता उनको प्रदर्शन असाधरण छ ।’

 

बेटिस विरुद्धको जितसँगै बार्सिलोनाले घरेलु लिगमा १० अंकको अग्रता बनाएको छ । २८ खेल खेलेको बार्सिलोनाले ६६ अंक जोडेको छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक तथा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here