बेर्नाबेउमा शेर बन्दै बार्सिलोना

बार्सा नेपाल । पछिल्लो केही दशकयता रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा बार्सिलोना हावी हुँदै आएको छ । पछिल्लो दुई दशकयताको खेलमा बार्सिलोनाले मात्र ८ खेल सान्टियागो बेर्नाबेउमा हारेको छ भने ६ खेलमा बराबरी खेलको छ । अवे मैदानमा पनि बार्सिलोनाले १२ खेलमा जित निकालेको छ । बराबरी भएको खेलमा बार्सिलोनाले अवे गोलको फाइदा लिएको छ ।

शनिबार राति सम्पन्न खेलमा पनि रियल मड्रिड घरेलु मैदानमा पराजित हुन पुग्यो । उक्त पराजयसँगै बार्सिलोना ‘एल क्लासिको’मा सर्वाधिक निकाल्ले क्लब बन्यो । घरेलु मैदानमा लगातार दुई पटक पराजित हुँदा रियलले गोलको खाता पनि खोल्न सकेन । बरु खेल दौरान कप्तान सर्जियो रामोस आफ्ना खेलाडीहरुलाई भन्दै थिए ‘उनीहरुलाई ६ गोल हान्न नदेउ’

शनिबार रातिको जितसँगै बार्सिलोनाले एल क्लासिकोमा रेकर्ड बनाएको छ । बार्सिलोनाले ९६ एल क्लासिको जितेको छ भने रियलको नाममा ९५ क्लासिको छ । पछिल्लो केही वर्षयता क्लासिकोको नतिजा बार्सिलोनाको पक्षमा छ ।

बार्सिलोनाले जारी सिजनमा खेलेको ३ वटै क्लासिकोमा जित निकालेको छ भने १ क्लासिको बराबरीमा सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here