भालभर्देले थप एक सिजन बार्सिलोनाले सम्हाल्नेभएपछि समर्थक आक्रोशित

बार्सा नेपाल । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले क्लबसँग थप सम्झौता गर्ने भएका छन् । क्लबले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सिजज २०१९–२० सम्मको लागि काम गर्नेगरि सम्झौता थप गर्ने निर्णय गरेको हो ।

क्लबले भनेको छ ‘फुटबल क्लब बार्सिलोना र पहिलो टिमका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देबीच सम्झौता थप गर्ने सहमति भएको छ । दुबै पक्षबीच भएको सहमति अनुसार भालभर्देले अब अर्को सिजन २०१९–२० सम्मको लागि क्लबको जिम्मेवारी सम्हाल्नेछन् भने अर्को एक वर्ष पनि थप हुनेछ ।

बार्सिलोनामा भालभर्देको दोस्रो सिजन हो । उनले पहिलो सिजन घरेलु लिग तथा दुई कपको उपाधि जितेका थिए भने ला लिगामा १ खेलमा मात्रै हार व्यहोरेका थिए । तर, च्याम्पियन्स लिगमा घरेलु मैदानमा ४–१ गोलको जित निकाल्दा पनि रोमासँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएका थिए ।

यसभन्दा अघि नै एक अन्तर्वार्तामा क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले भालभर्देलाई निरन्तरता दिन चाहेको बनाएका थिए । सोही समयदेखि बार्सिलोना समर्थक बार्तोमेउसँग रिसाएका थिए । रोमा र लेभान्टेसँग पराजित भए पनि बार्सिलोना समर्थक भालभर्देसँग रिसाएका छन् । उनले बार्साको खेलशैली बिगारेको भन्दै आक्रोशित छन् ।

क्लबको पछिल्लो निर्णयलाई लिएर समर्थक आक्रोशित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here