रियल बेटिस र भ्यालेन्सियाले बराबरी खेले

बार्सा नेपाल । कमब्याक गर्दै भ्यालेन्सियाले रियल बेटिससँग बराबरी खेलेको छ । बिहीबार राति बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा सम्पन्न कोपा डेल रे अन्तर्गतको सेमिफाइनलको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको हो ।

खेलमा घरेलु टिमले २–० गोलको अग्रता बनाउँदा पनि बराबरीमा चित्त बुझाउनुपर्यो । खेलमा बेटिसको लागि पहिलो हाफको इन्जुरी समयमा लोरेन मोरोनले गोल गरेर अग्रता दिएका थिए । त्यस्तै खेलको ५४ औं मिनेटमा जाक्विनले पनि गोल गरेर अग्रता दोब्बर पारेका थिए ।

तर, भ्यालेन्सियाका डेनिस सेरिसेभले ७० औं मिनेटमा तथा खेलको इन्जुरी समयमा केभिन गामेरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अब यी दुई बीचको खेल मार्च १ मा भ्यालेन्सियाको मैदान मेस्टालामा हुनेछ ।

बुधबार राति सम्पन्न बार्सिलोना र रियल मडिन्डबीचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here