बार्सिलोना र रियल मड्रिडले बराबरी खेले

बार्सा नेपाल । स्पेनिस कप कोपा डेल रे एल क्लासिको १–१ गोलको बराबरीमा सकिएको छ । बुधबार रात बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न सेमिफाइनलको पहिलो लेग अन्तर्गतको खेलमा दुबै टोलीले बराबरी खेलेका हुन् ।

खेलमा अग्रता रियल मड्रिडले लिएको थियो । रियलको लागि करिम बेन्जेमाको पासमा लुकास भाजक्वेजले छैटौं मिनेटमा नै गोल गरेका थिए । पहिलो हाफमा घरेलु टिमभन्दा रियलले राम्रो खेल खेलेको थियो । तर, दोस्रो हाफ भने रियलको लागि सहज भएन । खेलको ५७ औं मिनेटमा बार्सिलोनाका लागि माल्कोमले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बार्सिलोनाका मुख्य हतियार मेसीले बेन्चबाट खेल सुरु गरेका थिए । तर, उनी फिलिप कोउटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यस्पछि बार्सिलोनाले रियलको पोस्टमा पटक–पटक दबाब दिए पनि गोल भने हुन सकेन ।

दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा फेब्रुअरी २७ मा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here