NEXT MATCH: एथ्लेटिक बिल्बाओविरुद्ध बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले घरेलु लिग ला लिगा अन्तर्गत आगामी खेल एथ्लेटिक बिल्बाओविरुद्ध खेल्दैछ । खेल एथ्लेटिकको घरेलु मैदान सान मामेजमा हुने लागेको हो ।

बार्सिलोनाले घरेलु लिगमा ५० अंक जोडेर शिर्ष स्थान कब्जा गरेको छ । लिगमा २२ खेल सकिँदा बार्सिलोनाले १५ खेलमा जिन, ५ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेको छ । एथ्लेटिकले भने ५ खेलमा जित, ११ खेलमा बराबरी तथा ६ खेलमा हार व्यहोरेको छ ।

बार्सिलोना र एथ्लेटिकबीच सेप्टेम्बर २९, २०१८ मा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । उक्त खेलमा बार्सिलोनाको लागि मुनिर अल हदादीले बराबरी गोल फर्काएका थिए ।

त्यस्तै, सन् २०१७ को डिसेम्बर १ मा भएको खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएको थियो । उक्त खेलमा बार्सिलोनाको लागि स्वारेज, नेयमार तथा मेसीले गोल गरेका थिए । त्यस्तै, जुन १, २०१७ मा भएको खेलमा बार्सिलोना २–१ गोलले पराजित भएको थियो । उक्त खेलमा बार्सिलोनाको लागि मेसीले १ गोल गरेका थिए ।

उक्त खेल फेब्रअरी ११ मा नेपाली समयअनुसार १ः३० बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here