आज ‘कोपा एल क्लासिको’, घाइते भनिएका मेसी खेल्नको लागि तयार

बार्सा नेपाल । बार्सिलोना र रियल मड्रिडबीचको खेल एल क्लासिको आज हुँदैछ । स्पेनिस कप (कोपा डेल रे)को सेमिफाइनल खेल अन्तर्गत आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा खेल हुन लागेको हो । क्लब फुटबलमा सबैभन्दा धेरै हेरिने क्लासिकोको लागि दुबै टिम तयार रहेका छन् ।

घरेलु लिग ला लिगा अन्तर्गत जारी सिजनको सेप्टेम्बर २८ मा भएको क्लासिकोमा रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको थियो । उक्त खेलमा रियल मड्रिड बार्साको घरेलु मैदानमा ५–१ गोलले पराजित भएको थियो । उक्त खेलमा बार्सिलोनाका खेलाडी लुईस स्वारेजले ह्याट्रिक पूरा गरेका थिए भने कोउटिन्हो र आर्थुरो भिडालले पनि एक–एक गोल गरेका थिए । रियलको लागि भने मार्सेलोले एक गोल गरेका थिए ।

खेलाडी सूची

खेलको लागि बार्सिलोनाले स्क्वाड तयार पारिसकेको छ । उक्त स्क्वाडमा भ्यालेन्सियाविरुद्धको खेलमा घाइते भएका भनिएका मेसी परेका छन् । तर, ओस्माने डेम्बेले, राफिन्हा, ज्यास्पर सिलेसन तथा उम्टीटी चोटको कारण आटाएका छैनन् भने टोडिबो र सर्जी स्याम्परलाई पनि राखिएको छैन ।

खेल नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

६ फेब्रुअरी २०१९ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here