विशेष जर्सी लगाएर ‘कोपा क्लासिको’ खेल्दै बार्सिलोना

बार्सा नेपाल । आज हुने ‘कोपा एल क्लासिको’मा बार्सिलोनाका खेलाडीहरुले विशेष खालको जर्सी लगाउने भएका छन् । चिनिया भाषामा नाम लेखिएको जर्सी लगाएर खेलाडीहरु रियल मड्रिडविरुद्ध मैदानमा उत्रनेछन् ।

चिनिया भाषाको नाम यसअघि जर्सीमा रहेको नामभन्दा ठिक तल केही सानो फन्टमा लेखिनेछ । क्लबले चिनिया नयाँ वर्षको शुभकामना दिनको लागि यस्तो गर्न लागेको हो ।

यसअघि क्लबका केही खेलाडीहरुले भिडियो सन्देश मार्फत चिनिया नयाँ वर्षको शुभकामना दिइसकेका छन् । लियोनल मेसी, जेरार्ड पिके, टेर स्टेगन तथा स्यामुअल उम्टीटीले शुभकामना दिएका थिए ।

यसरी नयाँ वर्ष मनाउँदा क्लब र चिनिया समुदायबीचको सामिप्यता बढ्ने अनुमान क्लबको छ । साथै आउँदो समर बार्साको टोली चीन तथा जापान भ्रमणमा जाने भएको कारणले पनि यो महत्वपूर्ण छ ।

> आज ‘कोपा एल क्लासिको’, घाइते भनिएका मेसी खेल्नको लागि तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here