रियल मड्रिडद्वारा जिरोना पराजित, इस्प्यानियोल र बेटिसको बराबरी

File Photo

बार्सा नेपाल । रियल मड्रिडले जिरोनालाई ४–२ गोलले पराजित गरेको छ । बिहीबार राति रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा जिरोना रियलसँग ४–२ गोलले पराजित भएको हो ।

खेलमा रियलको लागि १८ औं मिनेटमा लुकास भास्क्वेज, ४२ औं तथा ७७ औं मिनेटमा सर्जियो रामोस तथा ८० औं मिनेटमा करिम बेन्जेमाले गोल गरेका थिए भने जिरोनाको लागि ७ औं मिनेटमा एन्थोनी लोजानो तथा ६६ औं मिनेटमा एलेक्स ग्रानेलले गोल गरेका थिए ।

यी दुई टिमको दोस्रो लेग फेब्रुअरी १ मा हुनेछ ।

त्यस्तै बिहीबार राति नै सम्पन्न अर्को खेलमा इस्प्यानियोल र रियल बेटिसले १–१ गोलको बराबरी खेलेको छ ।

यी दुईबीचको खेल भने जनावरी ३१ मा हुनेछ ।

२५ जनावरी २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here