सेभियालाई बधाई छ तर, अझै दास्रो लेग खेल्न बाँकी नै छ

बार्सा नेपाल । सेभियाविरुद्ध बार्सिलोनाको कप्तानको भूमिका निर्वाह गरेको डिफेन्डर जेरार्ड पिकलेले सेभियालाई बधाई ज्ञापन गरेका छन् । बुधबार राति सेभियाको घरेलु मैदान रामोन साञ्चेज पिज्जुआनमा सम्पन्न खेलमा बार्सिलोना २–० गोलले पराजित भएपछि पिकेले दोस्रो लेग अझै बाँकी रहेको कारणले उक्त खेलको नजितापछि को अघि बढ्ने कसको यात्रा टुंगिने बताएका हुन् ।

उनले भने ‘बुधबारको खेलको नतिजा त्यस्तो आउनुपर्ने त होइन । सेभियालाई हामीले बधाई दिनैपर्छ । तर, दोस्रो लेग हाम्रो मैदानमा हुँदैछ त्यसपछि को अघि बढ्छ कसको यात्रा सकिन्छ टुंगो लाग्नेछ । यदी नतिजा हाम्रो पक्षमा आएन भने पनि हामीले यसलाई स्वीकार गर्नुपर्छ ।

‘हामीलाई रिकभरी गर्नको लागि झण्डै एक हप्ताको समय छ । तर यसबीचमा ला लिगाको खेल पनि छ । जिरोनासँगको खेलमा पनि हामीले ध्यान दिनुपर्नेछ । दोस्रो लेगमा हामीलाई कमब्याक चाहिएको छ ।’

त्यस्तै मेसीले सेभियाविरुद्धको खेल नखेल्नु प्रशिक्षकको निर्णय भएको बताए ।

२५ जनावरी २०१९ मा प्रकाशित

> बार्सिलोना सेभियासँग पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here