आर्थुरो भिडालको छोरा पनि बार्सा एकेडेमी जान थाले

बार्सा नेपाल । बार्सिलोनाका खेलाडीहरुमध्ये अधिकांशका छोराहरु बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका छन् । यसैमध्ये पछिल्लो केही दिनदेखि मिडफिल्डर आर्थुरो भिडालको छोरा पनि एकेडेमीआ आबद्ध भएका छन् ।

सोमबारबाट भिडालको छोरा एलेन्सो मोनितो भिडाल पनि एकेडेमीमा आउन थालेका हुन् । छोरा एकेडेमीमा जान थालेपछि भिडाल स्वयंले नै सामाजिक संजालमा फोटो पोस्ट गरेका थिए । उनको छोराले मिनी स्टेडियम नजिकैको पिचमा अभ्यास गरेका थिए ।

भिडाल स्वयं नै पिचमा पुगेर छोरालाई खेल्नको लागि उत्प्रेरण दिइरहेका थिए ।

उनी छोरालाई एकेडेमीमा छोडेपछि भिडाल चिलीको महिला राष्ट्रिय टिम तथा क्याटालोनियाको टिमबीचको मैत्रिपूर्ण खेल हेर्न पुगेका थिए । उक्त खेलको नियमित समयमा दुबै पक्षबाट गोल नभएपछि पेनाल्टीबाट खेलको निर्णय लिइएको थियो । पेनाल्टीमा क्याटालानको महिला टोली विजयी भएको थियो ।

२४ जनावरी २०१९ मा प्रकाशित

> केभिन प्रिन्स बोइटेङ कसरी बार्सिलोना आइपुगे ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here