बार्सासँग सम्झौता नविकरणबारे भालभर्देको यस्तो भनाई

बार्सा नेपाल । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले आफूसँग अझै ६ महिना सम्झौता बाँकी रहेकोले नविकरणको बारेमा अहिले नै सोच्ने बेला नआएको बताएका छन् । गेटाफेसँगको खेलको लागि शनिबार प्रि–म्याच कन्फरेन्समा बोल्दै भालभर्देले आफूले २ वर्ष र थप १ वर्षको लागि सम्झौता गरेको पनि बताए ।

उनले भने ‘मैले क्लबसँग सम्झौता गरेको छु । हो सम्झौता दुई वर्ष र एक वर्ष थपको लागि हो । सिजनको अन्त्यसँगै मैले बस्ने या नबस्ने भन्नेबारेमा निर्णय लिनु आवश्यक छ । निर्णय लिने कुरालाई हामीले अहिले थाँती राखेका छौं । पछिको कुरा पछि नै थाहा हुन्छ ।’

उनले थपे ‘हामीसँग अझै ६ महिना बाँकी नै छ । मेरो क्लबबीचमा राम्रो समन्वय छ । तर, अन्य केही क्लबहरुको अवस्थालाई हेर्ने हो भने तिमीले हप्ताको एउटा खेल जित्नुपर्छ नत्र त्यसको मूल्उ चुकाउनुपर्छ ।’

‘हामीले गरेको सम्झौतामा दुबै पक्षको सम्मान छ । हामीले सिजनको अन्त्यतिर नै यसबारेमा सल्लाह गर्ने निधो गरेका छौं ।’

६ जनावरी २०१८ मा प्रकाशित

> भालभर्देको बिकल्प को ? जाभी, वेङ्गर, अन्री, मार्टिनेज, कोइमन…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here