फर्केर हेर्दा सन् २०१८ को बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाको लागि सन् २०१८ सफल वर्षकै रुपमा रह्यो । सन् २०१८ मा नै क्लबले एउटा घरेलु लिग तथा कप मात्रै होइन क्याटालन सुपर कप र स्पेनिस कपको उपाधि जितेर वर्षलाई राम्ररी बिदा गर्न खोज्दैछ ।

बार्सिलोनाले सन् २०१८ मा अधिकारी तथा मैत्रिपूर्ण गरी ६४ खेल खेल्यो । उक्त खेलमध्ये ६४ प्रतिशत नतिजा बार्साकै पक्षमा रह्यो । मेसी बार्सिलोनाको उच्च गोलकर्ता भने उनले सबै प्रतियोगितामा गरी कूल ४८ गोल गरे ।

प्रशिक्षक अर्नेष्टो भालभर्देको बार्सिलोनाले विपक्षीमाथि कूल १५७ गोल गर्यो भने ६३ गोल खायो ।

बार्सिलोनाले सन् १९५२, १९५३, १९५९, १९९८ तथा २०१६ मा जस्तै बार्सिलोनाले २०१८ मा पनि ‘डबल’ जितेको हो ।

बार्सिलोनाले अप्रिल २१ मा वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा सेभियालाई ५–० गोलले हराएर कोपा डेल रेको उपाधि जितेको हो । त्यसको ८ दिनपछि अप्रिल २९ मा डिर्पोटिभोलाई ४–२ गोलले पराजित गरेर घरेलु लिग जितेको हो ।

बार्सिलोनाले भिगोबाट आफ्नो वर्षको सुरुवात गरेको थियो । उक्त खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै सेल्टालाई घरेलु मैदानमा २–० गोलले पराजित गरेर वर्षको अन्त्य गरेको थियो ।

उक्त खेलहरुको बीचमा बार्सिलोनाले अक्टोबर २८ मा भएको खेलमा रियल मड्रिडलाई ५–१ गोलले पराजित गर्यो । त्यस्तै, ह्वेस्कामाथि ८–२ गोलको नतिजा पनि बार्सिलोनाले सन् २०१८ मै ल्याएको थियो ।

तर, ला लिगा अन्तर्गत लेभान्टे, लेगानेस तथा रियल बेटिससँग बार्सिलोनाले हार ब्यहोर्नुपरेको थियो भने च्याम्पियन्स लिगमा रोमासँग मात्रै हार्दा उपाधि यात्रा नै टुंगिएको थियो । मैत्रिपूर्ण खेलमा रोमा तथा मिलानसँग पनि बार्सिलोना पराजित भएको थियो ।

हालसम्मको प्रदर्शन हेर्दा बार्सिलोनाले सन् २०१९ मा पनि सुखद् नतिजा ल्याउने देखिएको छ ।

३१ डिसेम्बर २०१८ मा प्रकाशित

> मेसी सन् २०१८ को पनि उच्च गोलकर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here