बार्सा बीको खेल छोडेर मिरान्डा लेभान्टेविरुद्धको खेलको टोलीमा

बार्सा नेपाल । बार्सा बीका डिफेन्डर जुआन मिरान्डालाई लेभान्टेविरुद्धको खेलमा पनि अवसर दिइएको छ । बार्सा बीको खेल छोडेर मिरान्डा लेभान्टेविरुद्धको खेलको लागि तयार रहेका छन् । बार्सा बी ले आज राति नै घरेलु मैदान मिनी स्टेडियममा लेइडाको सामना गर्दैछ । उक्त खेलको लागि भन्दा पनि मिरान्डाले लेभान्टेसँगको खेलको लागि तयारी गरेका थिए ।

मिरान्डाले च्याम्पियन्स लिग अन्तर्गको खेलमा टोटनहमविरुद्ध डेब्यू गरेका थिए । उक्त खेलमा उनले आफ्नो सक्षमता देखाएका थिए ।

प्रशिक्षक अर्नेष्टो भालभर्देले जोर्डी अल्बाको बिकल्प नपाइरहेको अवस्थामा बी टिमबाट मिरान्डालाई ल्याएका हुन् । आरामबीना अल्बालाई खेलाइरहेको अवस्थामा मिरान्डा अल्बाको बिकल्प बनेका छन् । त्यस्तै भालभर्देले थोमास भर्माइलिनको स्थानको बिकल्पको रुपमा मिरान्डालाई हेरेका छन् ।

भर्माइलिन बारम्बार चोटले ग्रस्त भइरहेको अवस्थामा बार्साको टिम ‘सलिड’ बनाउनको लागि मिरान्डा भरपर्दो बन्न सक्नेछन् ।

१६ डिसेम्बर २०१८ मा प्रकाशित

हामीलाई ४ वटा सेन्टर ब्याक चाहिएको छः भालभर्दे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here