ला मासिया ग्राजुयट एलेना अब सिनियर टिममा

बार्सा नेपाल । बार्सिलोनाले ला मासिया ग्राजुयट कार्लेस एलेनालाई सिनियर टिममा प्रोमोट गरेको छ । राफिन्हा ६ महिना मैदानबाहिर रहने भएपछि क्लबले उनको स्थानमा एलेनालाई पहिलो टिममा पठाएको हो । प्रोमोसन भएपश्चात उनले अब २१ नम्बरको जर्सी लगाउनेछन् । यसभन्दा अघि उक्त जर्सी आद्रे गोमेजले लागाएको उक्त जर्सी एलेनाले लगाउने भएका हुन् ।

एलेनाले गत सिजनबाट निरन्तर रुपमा पहिलो टिमसँग अभ्यास गरेको थियो । तर, बार्सा बी को खेलाडीको रुपमा नै उनको नाम दर्ता थियो । सोही कारणले उनले सिनियर टिम तथा बार्सा बीबाट खेलदै आएका थिए । क्लबले उनलाई गत सिजननै प्रोमोट गर्ने उदेश्य राखेको भए पनि चोटको कारण लामो समय मैदान बाहिर बस्नु परेपछि उक्त प्रकृया अगाडि बढ्न सकेको थिएन ।

एलेनाले पहिलो टिमको लागि २ गोल गरिसकेका छन् । उनले गत आइतबार भिलारियल विरुद्ध गोल गरेका थिए भने सन् २०१६ को कोपा डेल रे अन्तर्गतको खेलमा हरक्युल्सविरुद्ध पनि गोल गरेका थिए ।

५ डिसेम्बर २०१८ मा प्रकाशित

> बलोन डी’ओर अवार्ड विवादः मेसीलाई हालेको भोट कसरी अरुलाई गयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here