भिलारियलसँगको खेलको लागि बार्सा बीका ३ खेलाडी टोलीमा

बार्सा नेपाल । आज राति ११ः१५ बजे क्याम्प नाउमा हुने भिलारियलसँगको खेलको लागि प्रशिक्षक अर्नेष्टो भालभर्देले बार्सा बीका ३ जना खेलाडीलाई टोलीमा समावेश गरेका छन् । १८ जनाको खेलाडी टोलीमा बार्सा बी का इनाकी पेना, मिरान्डा तथा चुमीलाई भालभर्देले बोलाएका हुन् ।

बार्सिलोनाका ८ जना खेलाडी घाइते भएको अवस्थामा ती खेलाडीहरुले पहिलो टिमबाट अवसर पाएका हुन् । भालभर्देले पीएसभी आइहोभेनविरुद्धको खेलमा चाँही इकिता र रिक्वी पुइगलाई अवसर दिएका थिए ।

खेलाडी सूची

हाल स्याम्पर, स्वारेज, उम्टीटी, सिलेसन, सर्जी रोबर्टो, आर्थुर मेलो, राफिन्हा तथा भर्माइलिन घाइते छन् ।

२ डिसेम्बर २०१८ मा प्रकाशित

> MATCH DAY: बार्सिलोनाविरुद्ध भिलारियल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here