रोनाल्डो र सलाहलाई पछि पार्दै मोड्रिच यूरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

बार्सा नेपाल । रियल मड्रिड (युभेन्टस)का क्रिस्टियानो रोनाल्डो तथा लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले यूरोपकाे सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बिहीबार राति मोनाकोमा सम्पन्न विजेता घोषणा कार्यक्रममा मोड्रिच उत्कृष्ट घोषित भएका हुन् । विश्वकपमा क्रोएशियाको कप्तानी गरेको मोड्रिड विश्वकपको उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

मोड्रिचले रोनाल्डोभन्दा ९० मत बढी पाए । उनले जम्मा ३ सय १३ मत पाएका थिए । उता लिभरपुलका सलाहले भने १ सय ३४ अंक हासिल गरे ।

त्यस्तै, कोस्टारीका राष्ट्रिय टोली एवं रियल म्याड्रिडका गोलरक्षक केलर नाभास यूरोपको उत्कृष्ट गोलरक्षक चुनिएका छन् । उनले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक जियानलुइजी बुफोनलाई पछाडी पारेका हुन् ।

मतदानमा युरोपियन क्लबका ८० प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारले भोट हालेका थिए ।

३१ अगष्ट २०१८ मा प्रकाशित

च्याम्पियन्स लिगको समूहचरणमा बार्साको प्रतिद्धन्द्धी टोटनहम, पीएसभी तथा इन्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here