१० वर्ष अघि म्यान्चेस्टर युनाइटेडको बसाईमा जेरार्ड पिकेको अवस्था बिजोग !

बार्सा नेपाल । स्पेनको बार्सिलोनामा जन्मेका डिफेन्डर जेरार्ड पिके सन् १९९७ मा फुटबल क्लब बार्सिलोनामा आबद्ध भएका हुन् । उनी बार्सिलोनाको युथ टिममा छँदा म्यान्चेस्टर युनाइटेडको आँखा उनीमाथि परेको थियो । त्यस्पछि उनी सन् २००४ मा म्यान्चेस्टर युनाइटेडकै युथ टिमको लागि आबद्ध भए । उनी सन् २००४ देखि २००८ सम्म प्रिमियर लिग साइडकै सिनियर टिममा परे । सन् २००८ सम्म म्यान्चेस्टर युनाइटेड बसेका उनको अनुभवको अंश द प्लेयर्स ट्रिब्यूनबाट…

गएको १० वर्षको मेरो जीवन नियाल्दा, मैले विश्वकप जितेँ । च्याम्पियन्स लिग जितेँ । ला लिगा जितेँ । स्पेनिस कप जितेँ । सबै जितेँ । यही म मेरा मड्रिडका साथीहरुलाई ‘ह्वाट्स एप’मा सम्झाइरहेको पनि हुन्छु ।

तर, त्यो १० वर्षअघि म विजोग अवस्थामा थिएँ । यदि सर एलेक्स फर्गुसनको ठाउँमा अरु कोही हुन्थे भने मेरो जीवन अहिलेभन्दा अर्कै अवस्थामा हुन्थ्यो । म बच्चाजस्तो हुँदा म्यान्चेस्टर युनाइटेड पुगेको थिएँ । निस्कँदा मान्छे बनेको थिएँ ।

म्यान्चेस्टरमा हुँदाको समय मेरा लागि अनौठो थियो । म कहिल्यै घर छाडेर हिँडेको थिइनँ । बार्सिलोनाको युथ एकेडेमीमा म १७ वर्षको हुँदासम्म थिएँ । त्यतिबेला मलाई आफू लोकल स्कूल टिममा खेलिरहेको जस्तो लाग्थ्यो । म त्यहाँ सबैलाई चिन्थेँ ।

परिवारसँग नजिक थिएँ । यसैले फुटबल मेरा लागि मनोरञ्जन मात्र थियो । मलाई फुटबलको व्यावसायिक पक्षबारे केही थाहा थिएन । त्यस्तोमा म म्यान्चेस्टर पुगेँ । नढाँटी भन्नुपर्दा त्यहाँ सुरुमा मलाई झट्का लागेको थियो ।

वल्ड ट्राफोर्डमा मेरो सुरुको खेलको कुरा हो । ड्रेसिङ रुममा हामी तयार हुँदै थियौँ । म एकदमै नर्भस थिएँ । सोच्नुस् त, म १८ वर्षको मात्र थिएँ । म त्यही सानो कोठामा रुड भ्यान निस्टेलरोेय, रायन गिग्स र रियो फर्डिनान्डसँगै मोजा लगाउँदै थिएँ । म आफू नदेखिने हुन चाहन्थेँ । सोचेरहेको थिएँ, म आफ्नो काम गर्छु । कसैले मलाई नोटिस नै नगरोस् ।

अँ ‘ त्यहाँ खेल सुरु हुने प्रतिक्षामा थियौँ हामी । त्यतिबेला रोय केनको छेउमा थिएँ म । सानो कोठा भएकाले हाम्रो एकअर्काको गोडा जोडिने स्थिति थियो ।

त्यति नै बेला मरेतुल्य स्थिति भयो । एक्कासी, एउटा भाइब्रेसन महसुस भयो । केही सुनियो । सानो आवाजमा ।

बिजजजजजजज् ‘‘. बिजजजजजजज् ‘‘ बिजजजजजजज्

हे भगवान !

मलाई याद भयो । यो मेरो फोनको भाइब्रेसन हो । मैले फुकालेर राखेको पाइन्टको खल्तीमा मोबाइल भाइब्रेट भइरहेको थियो । पाइन्ट रोय केनको ठीक टाउकोमाथि झुण्डिएको थियो ।

रोयले कताबाट आवाज आइरहेको हो भनेर धेरै खोजे । यताउति गरे । रिसाएको आँखा पारेर उनी यताउता हेरिरहेका थिए । कुनै फिल्मको दृश्यजस्तो भइरहेको थियो ।

उनले सबैलाई थर्काए ।

‘कसको फोन हो यो कराइराको ?’

कोही बोलेन ।

उनले फेरि सोधे ।

फेरि कोही बोलेन ।

तेस्रो पटक उनले सोधे ।

‘मदर‘’ कसको फोन हो भन्या यो ?

अन्तिममा साहस जुटाएर म बोलेँ । सानो स्वरमा भनेँ, ‘माफि चाहन्छु, मेरो फोन हो ।’

अप्रत्याशितरुपमा उनले मलाई अंगालो मारे । हाँसे । अनि केही हुन्न, नआत्तिनु भने ।

होइन, मैले यत्तिकै भनिदिएको ! यस्तो भैदेको भए हुने थियो । भयो अर्कै । रोय निकै रिसाएका थिए । उनी पागलजस्तो भएर सबैको अघि कराए ।

झण्डै मेरो कट्टुमै आची निस्केको थियो । धन्न कन्ट्रोल भयो । जे होस् त्यो एउटा शिक्षा मिलेको जस्तो भयो ।

अनि अहिले, २०१८ मा । सबै कुरा भिन्न भएको छ । खेलअघि सबैजना आफ्नो आइफोनमै व्यस्त हुन्छन् । त्यो २००६ मा ? विश्व नै अर्को भएजस्तो थियो । खेलअघि मोबाइल चलाउनु भनेको कल्पनामै हुँदैन थियो । अझ म्यान्चेस्टर युनाइटेडमा त झनै बाहिरको कल्पना ।

त्यो एउटा घटना मैले म्यान्चेस्टरमा रहँदा गरेको हजारौँ गल्तीमध्ये एक मात्र थियो ।

फुटबल मात्र कठिन होइन । हरेक कुरा कठिन भएको थियो । एक्लोपन । फरक संस्कार । नबुझिने भाषा । एक्लोजस्तो हुनु सबैभन्दा खराब हुने रहेछ ।

युवा खेलाडीले बाहिर देशमा गएर राम्रो गर्न नसक्नुको कारण पनि त्यही होला । उनीहरु आफ्नो खेलमा मात्रै ध्यान दिनै सक्दैनन् । प्रायः म पनि मेरो कोठामा एक्लै हुन्थेँ । निराश हुन्थेँ । त्यस्तो बेला मेरो ममीको फोन आउँदा म भन्थें, ममी यहाँ सब ठीक छ । मलाई रमाइलो लागिरहेको छ । सबै कुरा राम्रो छ ।

तर, सबै कुरा राम्रो थिएन । म सबै छोडेर घर फर्कन चाहन्थेँ । त्यो समय मेरो बुवाले मलाई भन्ने गरेको कुरा निकै महत्वपूर्ण थियो ।

म बुवालाई भन्थेँ, म यहाँ बसिरहन सक्दिनँ । मेरो प्रशिक्षक मलाई विश्वास गर्दैनन् । यहाँ सबैजना बलिया लाग्छन् । म यहाँ दुःखी छु ।

अनि उहाँ भन्नुहुन्थ्यो, ‘अहिलेको समय खराब भए पनि भोलि राम्रो हुनेछ । बेलुका अस्ताएको घाम बिहान त उदाउँछ नि हैन ?’

मलाई थाहा छैन किन हो । तर, उहाँले भनेको कुराले प्रेरणा पाउथेँ । बलियो बन्थेँ । केही गर्नुपर्छ भनेर सोच्थेँ ।

सर एलेक्स पहिलो दिनदेखि नै मसँग राम्ररी प्रस्तुत हुन्थे । राम्रो प्रशिक्षकमा यस्तो गुण हुन्छ । राम्रा प्रशिक्षकले खेलाडीलाई मैदानमा नलग्दा पनि वास्ता गरिरहन्छन् । सर एलेक्स मेरा लागि दोस्रो बुवाजस्तै भएका थिए ।

सन् २००७ मा प्रशिक्षकले मलाई भनेका थिए । यो सिजन तिमीलाई २५ खेलजति खेलाउने छु ।

सबै कुरा राम्रैसँग सुरु भयो । नोभेम्बरमा हो, हामी बोल्टनमा खेल्न गएका थियौँ । म अहिलेसम्म पनि त्यो बल हावामा उडिरहेको देख्छु ।

त्यो बेला मैले निकोलस एनेल्कालाई चेक गर्नुपर्ने थियो । बल डिबक्सभित्र आएको थियो । म एग्रेसिभ हुन सक्छु जस्तो लागेर चनाखो भएको थिएँ । बल उडेर आयो । टाउकोले हान्न म उफ्रिएँ ।

त्यो बल मबाट छुट्यो । त्यो दिउँसै सपना देखेजस्तो भएको थियो । बल हावामा तैरिरहेको थियो । त्यो वैजनी र पहेँलो रंग मिसिएको प्रिमियर लिग बल । तपाइँलाई पनि याद होला । मेरो टाउको माथिबाट त्यो बेलुन जसरी गयो ।

म उछिट्टिएर भुँइमा थिएँ । यसो हेरेँ । एनेल्काले बल कन्ट्रोल गरेका थिए । सजिलै उनले त्यसलाई गोलमा परिणत गरिदिए । हामी १–० ले खेल र्हायौँ । खेल र्हायौँभन्दा पनि मेरो सानो गल्तीका कारण र्हायौँ ।

डिफेन्डर भएर मैले यस्तो सजिलो अवस्थामा गल्ती गरेको थिएँ । त्यसपछि प्रशिक्षकको विश्वास जित्न कठीन थियो । उनले विश्वास गर्नै चाहे पनि सक्दैन थिए । मैले धेरै म्यान्चेस्टरका समर्थकको विश्वास पनि गुमाएको थिएँ ।

प्रशिक्षकले मलाई २५ खेल खेलाउँछु भनेका थिए । त्यसपछि सिजन सकिँदा मैले १२ खेल मात्र खेलेको थिएँ । त्यो निकै अप्ठेरो समय थियो । मलाई आफ्नो फुटबल करिअर सकिएजस्तो लागेको थियो ।

त्यस्तो बेला मलाई मेरो एजेन्टले भने, ‘तिमीलाई बार्सिलोनाले लिन चाहेको छ ।’ त्योबेला मलाई उनको कुरामा विश्वास लागेन । मैले उनलाई भनेँ, ‘तिम्रो कुरा हो जस्तो लागेन । मैले ‘म्यान यु’ मा राम्ररी खेल्नै पाएको छैन । उनीहरु मलाई किन लिन चाहन्छन् ?’

उसले भन्यो, उनीहरु तिमीलाई चिन्छन् । तिमीमा उनीहरुको विश्वास छ ।

मलाई एकदमै खुशी लाग्यो । घर फर्कन हतारो भयो । तर मलाई सोचेजस्तो सहज थिएन । मेरो कन्ट्याक्टमा बाइआउट क्लज नै थिएन । यसैले मैले सम्झाउनु थियो, मलाई जान दिनुस् ।

मैले सर एलेक्ससँग कुरा गरेँ । यो मेरो जीवनकै कठीन संवाद थियो । उहाँ जहिल्यै मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो । मैले भनेँ, ‘सुन्नुस त, मलाई लाग्छ मैले तपाइँको विश्वास गुमाएको छु । बार्सिलोना मेरो घर हो । म फर्कन चाहन्छु । मलाई जान दिनुहुन्छ भन्ने लागेको छ ।’

हामीले धेरैबेर कुरा र्गयौँ । उहाँले मलाई समझदार छौ । इमान्दार छौं भन्नुभएको थियो । उहाँले सिजनको अन्त्यमा जाने व्यवस्था मिलाइदिने बताउनुभएको थियो ।

तर, त्यो हाम्रो कथाको अन्त्य थिएन । फुटबल जटिल कुरा हो । सिजनको अन्त्यमा हामीले सेमिफाइनलमा एउटा टिमको सामना गर्नु थियो । सोच्नुहोस् त कुन टिम होला ?

पक्कै पनि बार्सिलोना । वास्तवमा त्यो खेलमा म खेल्न पाउने सम्भावना थिएन । सेन्टर ब्याक डिफेन्समा म तेस्रो रोजाइँमा थिएँ ।

तर, क्याप नाउमा पहिलो लेग हुने केही दिनअघि नेमान्जा विडिच घाइते भएका थिए । एक्कासी मैले खेल्न पाउने भए । त्यो पनि मेरो पहिले बालक हुँदाको क्लबविरुद्ध ९० हजार दर्शकको अघि ।

म उत्साहित थिएँ, डराएको थिएँ । अचम्मित थिएँ । सबै थिएँ ।

खेल सुरु हुनुअघि सधैँ जस्तै हामी दुई घण्टाको आराममा होटलमा थियौँ । म निदाउन सकेको थिइनँ । ढोकामा कसैले ढक ढक ग¥यो । मैले ढोकाको सानो प्वालबाट हेरेँ ।

तिमी आजको खेलमा खेल्न नपाउने भयौ । यदि मैले तिमीलाई खेल्न दिएँ र तिमीले नराम्रो खेल्यौ भने नराम्रो सन्देश जान्छ । तिमी बार्सिलोना जाने भएकाले यस्तो खेल्यौ भन्ने आरोप लाग्न सक्छ

मलाई लागेको थिएन कि त्यहाँ सर एलेक्स छन् भनेर ।

मलाई लाग्यो केही त पक्कै भएको छ । नभए प्रशिक्षक खेलअघि यसरी खेलाडीको कोठामा कहिल्यै आएका थिएनन् ।

मैले ढोका खोलेँ । उनले भने, जेरार्ड, ‘मलाई यो भन्नुपर्दा धेरै दुःख लागेको छ । तिमी आजको खेलमा खेल्न नपाउने भयौ । यदि मैले तिमीलाई खेल्न दिएँ र तिमीले नराम्रो खेल्यौ भने नराम्रो सन्देश जान्छ । तिमी बार्सिलोना जाने भएकाले यस्तो खेल्यौ भन्ने आरोप लाग्न सक्छ । तिमी यसको कारण बुझ । म तिमीलाई खेल्न दिन नसक्ने भएँ ।’

सत्य भन्दा म तहसनहस भएँ । हो, म बार्सिलोना फर्कन चाहन्थेँ । तर मैले सोचेको थिएँ बार्सिलोनाविरुद्ध राम्रो खेल्ने छु । च्याम्पियन्स लिगमा क्याम नाउमा खेल्नु मेरो सपना थियो । म म्यान यु र सर एलेक्सको लागि सक्दो सबै दिन चाहन्थेँ ।

त्यो कुराले मलाई ठूलो आघात र्पयो । तर अन्त्यमा सर एलेक्सको निर्णय सही भयो । जे हुन्छ राम्रैका लागि हुन्छ । हामीले क्याप नाउमा बार्सिलोनासँग बराबरी र्गयौँ । त्यसपछि वल्ड ट्राफोर्डमा बार्सिलोनालाई हरायौँ । त्यो बेला हामीले च्याम्पियन्स लिग र प्रिमियर लिग जित्यौँ । म राम्रो अवस्थामा घर फर्कन पाएँ ।

सर एलेक्सका कारण मैले फुटबलमा नौलो कुरा अनुभव गर्न पाएँ । मिल्नेसम्म राम्रो गरेर म बाहिरिएँ । बार्सिलोनाले मलाई पाँच मिलियन डलरमा अनुबन्ध ग¥यो ।

बार्सिलोनामा म चौथो रोजाइमा थिएँ । मबाट कसैलाई ठूलो अपेक्षा थिएन । तर पेप गार्डिओलाको फुटबल दिमाग र म प्रतिको उनको विश्वासलाई मान्नै पर्छ । सिजनको अन्त्यमा मैले कार्लेस पियोलको साथमा खेल्ने मौका पाएँ ।

‘मेसी किलर हो, उसको महानतामा त म पाँच हजार शब्द सरर लेख्न सक्छु’

जेरार्ड पिकेबारे ५ कुरा, जुन तपाईलाई थाहा छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here