आलाभेससँगकाे खेलमा बार्सा इतिहासकै महँगो बेन्च

बार्सा नेपाल । आलाभेससँगको खेलमा बार्सिलोनाले महँगो मूल्य हालेर भित्र्याएका खेलाडीहरुलाई स्टार्टिङ लाइनअपमा नराखी बेन्चमा राखेको थियो । आलाभेससँगको खेलभन्दा अघि बार्सिलोनाको बेन्च यतिका धेरै महँगो खेलाडीहरुले भरिएको थिएन ।

प्रशिक्षक भालभर्देले कोउटिन्हा, माल्कोम, आर्थुर मेलो माल्कोम लगायतका खेलाडीहरुलाई बेन्चमा राखेका थिए । बार्सिलोनाले बेन्चमा रहेका खेलाडीहरुलाई भित्र्याउनको लागि जम्मा २९४ यूरो खर्च गरेको थियो । आलाभेससँगको खेलअघि भालभर्देले ज्यास्पर सिलेसन (१३ मिलियन), कोउटिन्हो (१५५ मिलियन), माल्कोम (४१ मिलियन), क्लिमेन्ट लेंगलेट (३५ मिलियन), आर्थुर मेलो (३१ मिलियन) तथा आर्थुरो भिडाल (१९ मिलियनलाई)लाई बेन्चमा राखेको थियो । पछि बार्सिलोनाले कोउटिन्हो र आर्थुर मेलोलाई खेल्न पठाएको थियो ।

गत सिजन बार्सिलोनाले आलाभेससँगको खेलमा बार्सिलोनाको बेन्चको बजेट जम्मा १३१ मिलियन यूरोको मात्र रहेको थियो ।

बार्सिलोनाले यो सिजन ४ जना महत्वपूर्ण खेलाडीहरुलाई भित्र्याएको छ ।

२० अगष्ट २०१८ मा प्रकाशित

मेसीले आफ्नो कला प्रस्तुत नगरे हामीलाई खेल्न गाह्रो हुन्छः बुस्क्वेट्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here