बार्सिलोना चारैजना कप्तान ला मासियाका उत्पादन

बार्सा नेपाल । सिजन २०१८–१९ को लागि बार्सिलोनाले ४ जना कप्तानको चयन गरेको छ । चारै जना कप्तान ला मासियाका खेलाडीहरु लियोनल मेसी, सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके तथा सर्जी रोबर्टो रहेका छन् ।

अर्जेन्टिनाका लियोनल मेसी पहिलो टिमको मुख्य कप्तान रहेनेछन् । आन्द्रेज इनियष्टा जापन गएपछि उपकप्तान रहेका मेसी कप्तान भएका हुन् । त्यस्तै सर्जियो बुस्क्वेट्स उपकप्तान रहनेछन् । ला मासियाका प्रतिभा उनी यसअघि तेस्रो कप्तान रहेका थिए ।
त्यस्तै, तेस्रो कप्तान जेरार्ड पिके भएका छन् भने चौथो कप्तानको जिम्मेवारी सर्जी रोबर्टोले पाएका छन् ।

११ अगष्ट २०१८ मा प्रकाशित

सहायक प्रशिक्षक आस्पियासुबारे बार्सा फ्यानहरुले जान्नैपर्ने कुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here