एलेक्सिस भिडाल पुनः सेभियामा आबद्ध

बार्सा नेपाल । बार्सिलोनाले आर्थुरो भिडाललाई भित्र्याएको भोलीपल्ट एलेक्सिस भिडाललाई सेभिया पठाएको छ ।

बार्सालोनाले भिडाललाई सन् २०१५ मा सेभियाबाट किनेको थियो । खेलाडी किनबेचको कारबाहीमा परेको बेला किनेको भिडालले बार्सिलोनामा उचित अवसर नपाएपछि उनी पुनः सेभियातर्फत नै लागेका हुन् ।

समाचारहरुमा जनाइए अनुसार २८ वर्षीय भिडाललाई बार्सिलोनाले ८.५ मिलियन प्लस २ मिलियन बिबिध खर्च गरेर कूल १०.५ मिलियन यूरोमा बेचेको हो ।

उनले बार्सिलोनाबाट जम्मा ३० खेलमात्रै खेल्न पाए भने ३ गोलको योगदान पनि गरे ।

५ अगष्ट २०१८ मा प्रकाशित

अझै एक प्रभावकारी मिडफिल्डर खोज्दै बार्सिलोना, बिकल्पमा पाेग्बा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here