रसियामा जाभी र कासिलासबीच भेट

बार्सा नेपाल । स्पेनिस बार्सिलोना र रियल मड्रिडका खेलाडीद्वय जाभी हर्नान्डेज र इकर कासीलास रसिया पुगेका छन् ।

सन् २०१० को विश्वविजेता राष्ट्र स्पेनिस टिमका सदस्यद्वय पूर्वक्लबका कट्ट दुश्मन भए पनि उनीहरु रसिया विश्वकपको पूर्वसन्ध्यामा सँगै देखिएका हुन् ।

दुबै जनाले सामाजिक संजालमा सन्देश लेख्दै फोटो फोस्ट गरेका थिए ।

जाभीले आफ्नो सामाजिक संजालमा लेखेका छन् ‘प्रतिस्पर्धी तर, सबैभन्दा माथि साथी ।’

कासिलासले इन्साग्राममा लेखेका छन् ‘जाभीसँग राष्ट्रिय टिमको स्मरणिय घटना सम्झिदै छु, तिमीलाई भेटेर म निकै खुसी छु ।’

जाभी हाल कतारको क्लब अल सादमा रहेका छन् भने, कासिलास पार्तोमा खेलिरहेका छन् ।

१३ जुन २०१८ मा प्रकाशित

स्वारेजले भने: पुरानो गल्ती दोहोर्‍याउँदिनँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here