विश्वकपको तयारीमा रहेको अष्ट्रेलियाको शानदार जित कोरियाले भने हार्यो

बार्सा नेपाल । विश्वकपको तयारीमा रहेको अष्ट्रेलियाले मैत्रिपूर्ण खेलमा युरोपेली राष्ट्र चेक रिपब्लिकलाई पराजित गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा अष्ट्रेलियाले चेक रिपब्लिकमाथि ४–० गोलको जित निकालेको हो ।

अष्ट्रेलियाको लागि माथिउ लेकेइले खेलको ३२ औं तथा ७२ औं मिनेटमा तथा एन्ड्रिउ नाबटले ५३ औं मिनेटमा तथा चेक रिपब्लिकको लागि जाकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका हुन् ।

विश्वकपको समूह ‘सी’ मा रहेको अष्ट्रेलियाले समूह चरणमा फ्रान्स, पेरु तथा डेनमार्कसँग प्रतिस्पर्धा गनुपर्नेछ ।

त्यस्तै, विश्वकपकै तायरीमा रहेको दक्षिण कोरिया भने बोस्निया एण्ड हर्जगोभिनासँग ३–१ गोलले पराजित भएको छ । बोस्नियाका इडिन भिस्काले ह्याट्रिक पूरा गरे । उनले खेलको २९ औं, ४५ औं तथा ८० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । कोरियाको लागि भने खेलको ३० औं मिनेटमा जाई सङ्ग लीले गोल गरेका थिए ।

कोरिया विश्वकपको समूह ‘एफ’ मा रहेको छ । कोरियाले समूह चरणमा जर्मर्नी, मेक्सिको तथा स्विडेनको सामना गर्नुपर्नेछ ।

१ जुन २०१८ मा प्रकाशित

विश्वकप खेल्ने राष्ट्र सेनेगल र मोरक्कोलाई लग्जम्वर्ग र युक्रेनले बराबरीमा रोक्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here