NEXT MATCH: बार्साले टोटनहम, रोमा तथा एसी मिलानसँग प्रि–सिजन खेल्ने

बार्सा नेपाल । रियल सोसिडाडसँगको खेलसँगै जारी सिजनको सबै खेलहरु सकिएका छन् । अब केही खेलाडीहरु अन्तर्राष्ट्रिय खेलको लागि जानेछन् भने केही खेलाडीहरुले बिदा मात्रै मनाउनेछन् ।

करिब ९ महिनाको लामो सिजनपछि अब नयाँ सिजन आउँदो अगष्ट महिनाबाट सुरु हुनेछ । त्यो भन्दा अघि बार्सिलोना प्रि–सिजनका खेलहरुमा सहभागी हुनेछ । बार्सा टुर अन्तर्गत बार्सिलोनाले टोटनहम, रोमा तथा एसी मिलानसँग खेल खेल्न लागेको हो । खेलहरु अमेरिकामा हुनेछन् ।

प्रि–सिजनका खेल तालिका

बार्सिलोना बिरुद्ध टोटनहम

२८ जुलाई २०१८ मा अमेरिकाको लस एन्जेलसमा

बार्सिलोना बिरुद्ध एएस रोमा

३१ जुलाई २०१८ मा अमेरिकाको ड्यालसमा

बार्सिलोना बिरुद्ध एसी मिलान

४ अगष्ट २०१८ मा अमेरिकाको सान फ्रान्सिस्कोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here