विश्वकपमा प्रयोग गरिन लागेको भीएआर प्रविधि के हो ? (भिडियाे सहित)

बार्सा नेपाल । फुटबलको विश्व प्रशासकीय निकाय (फिफा)ले रसिया विश्वकपका खेलहरुमा भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि प्रयोग गर्ने भएको छ ।

केही महिनाअघि स्वीट्जरल्याण्डको ज्यूरिकमा भएको फिफाको ऐतिहासिक बैठकले भीएआर प्रयोग गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा अन्तर्रा्ष्ट्रिय फुटबल असोसिएसन बोर्डका सदस्य राष्ट्रहरु माझ भीएआर प्रविधिको प्रभावकारिताबारे विश्लेषण प्रस्तुत गरिएको थियो ।

के हो भीएआर प्रविधि ?

खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुने बताइएको छ । विवाद भएमा भिडियो हेरेर खेल बारे निर्णय लिन सो प्रविधि सहयोगी हुनेछ। खेलको दृश्यहरु हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीहरुले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन् । यसको प्रयोग बुन्डेसलिगा, सेरिया तथा इंग्लिस प्रिमियर लिगमा प्रयोग भइसकेको छ ।

भीएआर प्रविधि अहिलेको समयमा फुटबलको हिस्सा भएको फिफा प्रमुख जानी इन्फन्टिनोले जनाएका थिए ।

भीएआरले गोल भए, नभएको, पेनाल्टी दिने वा नदिने, खेलाडीलाई रातो कार्ड दिइहाल्ने वा पहेलो कार्ड दिने भन्नेबारे खेलको भिडिओ हेरेर निर्णय लिइने बताइएको छ ।

तर भीएआर प्रविधिको सिद्धान्त भनेको कम भन्दा कम हस्तक्षेप गर्नु र खेलका क्रममा हुने त्रुटिपूर्ण निर्णय हुन नदिन तथा निष्पक्ष खेल गराउनु भएको अन्तर्रा्ष्ट्रिय फुटबल असोसिएसन बोर्डले बताएको छ । सो प्रविधिको प्रयोग पहिलो पटक सन् २०१६ डिसेम्बर मा गरिएको थियो ।

२९ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि वेम्ब्ले र इमिरेट्सको ढाँचामा बनाइएको कजाद रंगशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here