चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री केकीको समर्थन अर्जेन्टिनालाई

बार्सा नेपाल । अभिनेत्री तथा चलचित्र निर्मात्री केकी अधिकारीहरू अर्जेन्टिनाका समर्थक हुन् । थुप्रै म्युजिक भिडियो, टेलिभिजन विज्ञापन, दर्जनको हाराहारीमा नेपाली चलचित्रमा काम गरिसकेकी केकीको परिवारको सदस्य सबै अर्जेन्टिनाका समर्थक भएको कारणले गर्दा उनी पनि ४ कक्षामा पढिरहँदादेखि विश्वकपमा अर्जेन्टिनाको समर्थन गर्दै आइरहेकी छिन् ।
लामो समयदेखि अर्जेन्टिनाको समर्थक भएकै कारणले उनीसँग अर्जेटिना तीन पटक फाइनलमा (२ पटक कोपा अमेरिका र १ पटक विश्वकपको उपाधि) हार्दाको दुखद् अनुभव छ ।

स्कुलमा हुँदा बिभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिने केकी लियोनल मेसीको प्रिय खेलाडी हुन् । मेसीको उद्भूत फुटबल कलाकै कारण केकीलाई अर्जेन्टिना झनै मन परेको हो ।

प्रायः सुटिङमा व्यस्त हुने केकी विश्वकपका खेलहरु छुटाउँदिनन् । उनी सुटिङमा रहँदा साथीहरुसँग त घरमा रहँदा परिवारसँग बसेर विश्वकपका खेलहरु हेर्ने गर्छिन् ।

केकीको युरोकपको प्रिय टिमचाँही इंग्ल्याण्ड हो । उनले फ्रान्समा सम्पन्न २०१६ को युरोकपमा इंग्ल्याण्डको समर्थन गरिन् । उक्त समयमा केकीले इंग्ल्याण्डको जर्सीमा फोटोसुट समेत गराएकी थिइन् ।

केकीको अभिनय रहेको चलचित्रहरु

  • स्वर (२०१०)
  • मसान (२०११)
  • आई एम सरी (२०१२)
  • महसुस (२०१३)
  • मेरो बेस्ट फ्रेन्ड (२०१४)
  • श्री पाँच अम्बरे (२०१४)
  • मिउट–द हार्ट बिलोंग टु यु (२०१४)
  • फन्को (२०१५)
  • बाग्मती (२०१५)
  • पुनर्जन्म (२०१५)
  • भाग सानी भाग (२०१६)
  • हाउ फन्नी (२०१६)
  • सावित्रि (२०१६)
  • कोहलपुर एक्सप्रेस (२०१८)

२९ मे २०१८ मा प्रकाशित

मेसी र रोनाल्डो दुबैको फ्यान विक्रम लामालाई विश्वकप पोर्चुगलले जितोस् भन्ने लागेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here