रामाेसलाई कारबाही गर्नुपर्ने भन्दै ८५ प्रतिशतले भोट गरे

बार्सा नेपाल । शनिबार सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडका कप्तान सर्जियो रामोसले लिभरपुलका स्टार स्ट्राइरक मोहम्मद सलाहलाई जानीजानी फाउल गरेको भन्दै फुटबल समर्थकहरुले हसताक्षर अभियान नै चलाएका छन् ।

खेलको ३० मिनेटमा नै रामोसले सलाहलाई घाइते बनाएको भन्दै उनीविरुद्ध कारबाहीको माग गर्दै फुटबल समर्थकहरुले रामोसलाई कारबाहीको माग गर्दै अनलाई हस्ताक्षर अभियान चलाएकाे समाचार गाेलमा प्रकाशित छ ।

उक्त अनलाईन हस्ताक्षरमा २ लाख फुटबल समर्थकहरुले हस्ताक्षर गरेका थिए । जसमध्ये १ लाख ७० हजार जनाले रामोसलाई कारबाही गरिनुपर्ने पक्षमा हस्ताक्षर गरेका थिए । रामोसले फाइनल खेलमा सलाहलाई जानी जानी घाइते बनाएर रियलले उपाधि जितेको साथै पहिलोपटक इजिप्टलाई विश्वकपको लागि छनोट गराएका उनलाई खेलबाट बञ्चित गराएको भन्दै समर्थकहरु रामोसविरुद्ध खनिएका छन् ।

खेल दौरान रामोस र सलाहको घटनाप्रति समाजिक संजालमा पनि व्यापक बहस भएको थियो ।

त्यस्तै, घटनापछि रामोसले सलाहलाई शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

खेलमा रियल मड्रिडले लिभरपुललाई ३–१ गोलले हराएको थियो ।

२८ मे २०१८ मा प्रकाशित

लिभरपुलका गोलकिपरले दुई गम्भीर गल्ती गरेपछि रियललाई च्याम्पियन्स लिगको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here