विश्वकपको लागि वेम्ब्ले र इमिरेट्सको ढाचामा बनाइएको कजाद रंगशाला

बार्सा नेपाल । जुन १४ बाट सुरु हुने रसिया विश्वकपको लागि आयोजक राष्ट्र रसियाले ११ सहरमा १२ वटा रंगशाला तयार गरेको छ । ३२ वटा राष्ट्र सहभागिता जनाउने विश्वकपमा हरेक रंगशालामा समूह चरण तथा नकआउट चरणका खेलहरु खेलाइनेछन् । त्यसैमध्येको एक रंगशाला कजान एरिनाको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

कजान एरिना

कजान एरिना रसियाको कजानमा अवस्थित रंगशाला हो । यो रंगशालाको निर्माण सन् २०१३ को जुलाई महिनामै निर्माण सम्पन्न भएको हो । कजान रसियाको खेलकुद राजधानीबाट परिचित ठाउँ हो ।

यस रंगशालालाई लन्डनस्थित वेम्ब्ली र आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ । सन् २०१३ मा सम्पन्न ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदका लागि नै यसको निर्माणले पूर्णता पाएको थियो । उक्त प्रतियोगितामा यस रंगशालामा फुटबल र एथ्लेटिक्सका खेलहरू सम्पन्न भएका थिए ।

आधुनिकीकरण गरिएको यो रंगशाला सम्भवतः आसन्न विश्वकप आयोजना गर्ने पुरानोमध्ये एक रंगशाला हुनेछ । गतवर्ष कन्फेडरेसन कपका साथै अक्टोबरमा रसिया र इरानबीचको मैत्रीपूर्ण खेल पनि यसै रंगशाला भएको थियो। रसियन प्रिमियर लिगअन्तर्गतको क्लब रुबिन कजानको यो घरेलु रंगशाला हो, जसलाई कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियमबाट समेत सम्बोधन गरिन्छ ।

कजान्का नदीको छेउमा अवस्थित ४५ हजार ३ सय ७९ सिट क्षमता रहेको कजान एरिना स्टेडियमलाई वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेका हुन् । ४ सय ३९ दशमलव ७ मिलियन अमेरिकी डलर निर्माण लागत रहेको यो रंगशालामा सन् २०१३ मा सम्पन्न विश्व ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदको उद्घाटन र समापन समारोह पनि भएको थियो। सन् २०१५ मा सम्पन्न १६औं फिना विश्व च्याम्पियनसिप पनि यसै रंगशालामा आयोजना गरिएको थियो। कजान १ सय १५ जाति बसोबास गर्ने रसियाको ठूलो शहर हो ।

यस रंगशालमा फ्रान्स र अस्ट्रेलियाले जुन १६ मा, इरान र स्पेनले जुन २० मा, पोल्यान्ड र कोलम्बियाले २४ जुनमा, दक्षिण कोरिया र जर्मनीले जुन २७ मा, राउन्ड अफ १६ को जुन ३० मा हुने खेल र ६ जुलाईमा हुने क्वार्टरफाइनल हुनेछ ।

२८ मे २०१८ मा प्रकाशित

यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्रको उपनाम (जान्नैपर्ने कुरा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here