बार्सा बी सेगुन्डा डिभिजनबाट रेलिगेट, रायो भालिकानो भने ला लिगामा प्रोमोट

बार्सा नेपाल । बार्सिलोना बी स्पेनिस सेगुन्डा डिभिजनबाट रेलिगेसनमा परेको छ । आइतबार राति सम्पन्न अल्बाटेसँग गोलरहित बराबरी खेलेसँगै बार्सा बी रेलिगेसनमा परेको हो ।

बार्सा बीको प्रदर्शन जारी सिजनमा अत्यान्तै नराम्रो रह्यो । लिगमा कूल ४१ खेल खेल्दा बार्सा बीले १० खेलमा जित, १४ खेलमा बराबरी तथा १७ खेलमा हार व्यहोरेर ४४ अंक मात्रै जोड्न सक्यो ।

अब बार्सा बीले स्पेनिस तेस्रो डिभिजनको लिग सेगुन्डा बीका खेलहरु खेल्नेछ ।

त्यस्तै, आइतबार राति सम्पन्न रायो भालिकानो ला लिगामा प्रोमोशन भएको छ । रायोले लुगोलाई १–० गोलले पराजित गरेसँगै १ खेल अगावै ला लिगाको यात्रा पक्का गरेको हो । लिगमा ४१ खेल खेलेको रायोले २१ खेलमा जित, १३ खेलमा बराबरी तथा ७ खेलमा हार व्यहोरेर ७६ अंक जोडेको छ ।

त्यस्तै, सेगुन्डाबाट यसअघि ह्वेस्का पनि प्रोमोसन भएर ला लिगाको लागि स्थान बनाइसकेको छ भने ला लिगाबाट सेगुन्डामा लास पाल्माज र मालागा झरेका छन् ।

२८ मे २०१८ मा प्रकाशित

भालभर्डेले भने ‘ला मासियाले अवसर पाउने गरि २०–२२ जनाको स्क्वाड बन्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here