FAN ZONE: प्रशंसा भन्छिन्ः अर्जेन्टिनाले सन् २०१४ को विश्वकपबाट पाठ सिकेको छ

प्रशंसा नेम्खुल, अर्जेन्टिना समर्थक

बार्सा नेपाल । पेशाले शिक्षिक प्रशंसा नेम्खुल दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाका समर्थक हुन् । सन् १९७८ र १९८६ मा उनले समर्थन गर्ने राष्ट्रले विश्वकप जित्दा त ललितपुर निवासी प्रशंसा जन्मेकी पनि थिइनन् तर, सन् २०१४ को विश्वकपको फाइनलमा अर्जेन्टिना जमर्नीसँग पराजित हुँदा भने उनले नमिठो अनुभव गरिन् ।

साउथ अफ्रिका विश्वकपबाट अर्जेन्टिनाको समर्थन गर्न थालेकी उनलाई ब्राजिल विश्वकपमा धेरैले अर्जेन्टिना फाइनलमा पराजित भएकोमा खिल्ली उडाएकाे मन परेन । अर्जेन्टिनाले उपाधि जित्न नसकेकोमा उनकाे चित्त त दुख्यो नै तर, विश्वकपको फाइनलमा पुग्नु पनि सामान्य कुरा होइन भन्छिन् प्रशंसा । अन्य देशका फ्यानहरुले सो कुराको मूल्यांकन गर्न आवश्यक रहेको उनी ठान्छिन् ।

फाइनलमा भएको पराजयले अर्जेन्टिनाले पाठ सिकेको भन्दै यस पटकको विश्वकप लियोनल मेसीको देश अर्जेन्टिनाले जित्नेमा उनी ढुक्क छिन् ।

तपाई पनि आफ्नो बारेमा यस्ता सामग्रीहरु प्रकाशित होस् भन्ने चाहनुहुन्छ भने लिंकमा रहेको गुगल फर्म भरी सकेसम्म आफूले समर्थन गर्ने देशको जर्सी सहितको फोटो पठाउन सक्नुहुन्छ । तपाईहरुले पठाउनुभएको फर्मको आधारमा प्रकाशित भएको समग्री क्रमशः प्रकाशित हुनेछन् । धन्यवाद !

https://docs.google.com/forms/d/e/1FAIpQLSd04DGm7f_yuL8PGeRRj_6xItkvzPrisZRxcq8qTGY5dImo5w/viewform

FAN ZONE: क्लब फुटबल मन पराउने सिम्रनको साथ अर्जेन्टिनालाई

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here